काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा जारी अवरोध खुलाउने प्रयास जारी राखेका छन् । बुधबार सभाको कामकारबाही अगाडि बढ्न नसकेपछि सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । तथापि, बुधबारको प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन ।
आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । उक्त बैठक पनि अगाडि सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का प्रमुख सचेतकहरुसँग सभामुख घिमिरेले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेका छन् । प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान छ । बिपक्षी दलहरुले प्रधानमन्त्रीले कुलमान हटाएको बिषयलाई संसदमा आएर स्पष्ट नपारेसम्म संसद बैठक चल्न नदिने चेतावनी दिईसकेका छन् ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले भने एउटा कर्मचारी हटाएर अर्को कर्मचारी नियुक्त भईसकेकाले संसदमा गएर जवाफ निदे भन्ने कुनै सवालै नउठ्ने भन्दै प्रतिपक्षलाई पेलेरै अघि बढ्ने निष्कर्ष निकालीसकेका छन् । जसले गर्दा संसद बैठक अनिर्णीत बनेको छ ।