विराटनगर । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी हुँदा फसेका ५ जनाको शसस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सेन्टर प्लाजाको पाँचौ तल्लामा आगलागी भइरहेको छ । आगलागी भएको तलाभन्दा माथिको तलामा केही मानिस फसेका थिए।
१०– १५ बजे सुनसरी, ईटहरी उमनपा ६ स्थित सेन्टर प्लाजाको चौथो तलामा आगलागी भएको खवर प्राप्त भए पश्चात सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीबाट सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक मनिष थापाको कमाण्डमा १०५ जना, नेपाली सेना, नेपाल प्रहरी र ६ वटा दमकल सहित स्थानिय बासिन्दाहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिने कार्य भईरहेको छ । उक्त आगलागीमा फसेको ५ जना व्यक्तिको टोलीले सकुशल उद्धार गरेको छ ।
स्थानीयका अनुसार आगलागी भइरहेको भवन सात तलाको छ । इटहरी उपमहानगरपालिका– ६ मुख्य चोकमा रहको प्लाजाको पाँचौ तल्लामा रहेको होटलको बरन्डाबाट बिहान साढे ९ बजेबाट आगलागी सुरु भएको थियो । आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले बताएको छ ।