काठमाडौं । नेकपा ९माओवादी केन्द्र० निकट प्रेस सेन्टर नेपालको पाँचौं महाधिवेशन काठमाडौंमा हुने भएको छ । केहि दिन अघि बसेको सेन्टरको पदाधिकारी बैठकले यही चैत १६ र १७ गते काठमाडौंको थापागाउँमा रहेको काठमाडौं ब्यांकेटमा गर्ने निर्णय गरेको हो ।
पदाधिकारी बैठकले गरेका निर्णय सेन्टरले संगठनका पदाधिकारी तथा सदस्य, प्रदेश समिति, जिल्ला समिति र शाखा अध्यक्षलाई परिपत्र गर्दै महाधिवेशनको मिति र स्थलबारे संगठनको केन्द्रीय समितिको बैठकबाट तय गरिएको जानकारी गराएको हो ।
महाधिवेशनको पूर्वप्रधानमन्त्री एवम् नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तय भएको छ ।
महाधिवेशन सम्पन्न गर्न आवश्यक पर्ने आर्थिक व्यवस्थापनको लागि प्रत्येक प्रदेशका इन्चार्ज, अध्यक्ष, निवर्तमान अध्यक्ष र केन्द्रीय पदाधिकारी सहितको टीमले एक हप्ताको आर्थिक संकलन अभियान चलाउने निर्णय गरेको संगठनका महासचिव सन्तोष पौडेलले जानकारी दिए ।
उनका अनुसार महाधिवेशन सम्पन्न गर्न आफ्नै खुट्टामा उभिने योजना कार्यान्वयन गर्न सबै पदाधिकारी तथा केन्द्रीय सदस्यले स्वेच्छीक आर्थिक रकम सहयोग गर्ने निर्णय पनि भएको छ । बैठकले लेवी र नवीकरण शुल्क भुक्तानी नभएको अवस्थामा महाधिवेशनमा सहभागी हुन नपाउने व्यवस्थालाई कडाइका साथ लागु गर्ने निर्णय गरेको छ भने महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिले अनिवार्य रुपमा प्रवेश शुल्क बुझाउने व्यवस्थालाई कार्यान्वयन गर्ने निर्णय भएको छ ।
महाधिवेशनमा केन्द्रीय समिति, प्रदेश समितिका पदाधिकारी, शाखाका अध्यक्ष सहित छनौट भएका प्रतिनिधि गरेर ८५० जना सहभागी हुने जनाइएको छ । बैठकले संगठनका पूर्व अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति र संथापक खिलबहादुर भण्डारीको संयोजकत्वमा ७ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ । महाधिवेशनमा ८ सय भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।