काठमाण्डौं । नेपाल सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्रै ४ महिना कार्यकाल बाँकी हुँदा कुलमान घिसिङलाई हटाएको विरोधमा नयाँ बानेश्वरमा प्रदर्शन भएको छ । सत्तापक्षदेखि बिपक्षीसम्मले सडक तथा सामाजिक संजाल मार्फत कुलमानको पक्षमा आवाज उठाईरहेका छन् ।
यसैबिच लामो समय सामाजिक संजालवाट टाढा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवी लामिछानेले सोमवार बेलुकी मैनबत्ती बालेर मौन बसी बिरोध प्रदर्शन गरेका थिए । उनको बिरोध प्रदर्शनलाई अर्थपूर्ण रुपमा हेरीएको थियो ।
यसैबिच आज बानेश्वरमा भएको प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ, केन्द्रीय सदस्य गणेश कार्कीलगायतका युवाहरुले कुलमानको बर्खास्तीको चर्को विरोध गर्दै प्रदशर्नीमा सहभागी भएका छन् । उनिहरुले कुलमानलाई ‘काम गर्न दे सरकार, ‘नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।