काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विरोधमा काठमाण्डौको माईतिघर र नयाँ बानेश्वरमा प्रदर्शन भएको छ । नेपाल सत्तारुढ दल कांग्रेसबाटै कुलमानलाई हटाउने निर्णयको विरोध भइरहेको छ । यसैबीच कुलमान हटाएको विरोधमा सरकारविरुद्ध मंगलबार काठमाडौंको माइतीघर र बानेश्वरमा विभिन्न समूहले प्रदर्शन गरेका छन् ।
उनीहरूले कता हिँडेको रु बिजुली मारेर, कुलमान फालेरु, हामी जनता हेरेको हेर्यै, सरकार जान्ने भो धेरै,‘सिंगो नेपाल के भन्छ, कुलमान घिसिङ ल्याऊ भन्छ’, ‘देशलाई अन्धकारमा धकेल्न पाइँदैन’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त पदमा रहेका कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई नियुक्त गरेको हो । जनता नै सडकमा आएर कुलमान चाहियो लोडसेडिङ्ग चाहिदैन भन्दै प्रदर्शन गरीरहेका छन् । उनिहरुले मन्त्रीपरिषद्ले ४ महिना कार्यकाल मात्रै बाँकी रहेको अवस्थामा कुलमानलाई हटाएकोप्रति आक्रोश पोखेका छन् ।
उता बोश्वरमा आन्दोलनकारी र प्रहरीबिच धकलपकल भएको छ । आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि दुईपक्षबिच धकेला धकेल भएको हो । काठमाण्डौ लगायत देशका बिभिन्न स्थानमा कुलमानलाई हटाएका बिरुद्ध प्रदर्शन भईरहेका छन् ।