काठमाडौं । कानून मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाउँदै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आफूलाई जेल हाल्न संघीय सरकारलाई चुनौती दिएका छन्। उनले आफूले उठाएका कुरा गलत भए जेल हाल्न चुनौती दिएका हुन्। काठमाडौँ महानगरपालिका( २८ मा निर्माणाधीन काठमाडौं टावर परियोजनाबारे विभिन्न आदेश सार्वजनिक गर्दै उनले सामाजिक सञ्जालमा केहीबेरअघि लेखेका छन्, ‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने रु’
आफूले उठाएका कुरा गलत भए जेल हाल्न भनेका छन्। ‘माथीको कुरा गलत भए मलाइ जेल हाल’ उनले लेखेका छन्। फेसबुकमा बालेनले स्टाटस लेख्दै गुरागाईंलाई भ्रष्टाचारी संज्ञा दिएका छन् । उनले लेखेका छन्, ‘यति धेरै कानून मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने रु माथिको कुरा गलत भए मलाई जेल हाल ।’
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानविन गर्न बालेनले एउटा छानविन समिति बनाएका थिए । उक्त समितिले काठमाडौं टावरको नक्सा पास प्रक्रियामा गुरागाईंले गल्ति नगरेको प्रतिवेदन तयार गर्यो । तर, बालेनले उक्त प्रतिवेदन बुझ्न मानेनन् । त्यसपछि उनले महानगरकै तीन विभागीय प्रमुखहरुलाई आफूले चाहेअनुसारको प्रतिवेदन लेख्न लगाएका थिए । सोही प्रतिवेदन उनले आज फेसबुकमा हालेका हुन् ।