काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री द्धय गगनकुमार थापा र बिश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको आलोचना गरेका छन् । थापाले सरकारको कुलमान हटाउने निर्णय गलत भएको टिप्पणी गरेका छन् । अहिले आम नागरिकमा असन्तुष्टि बढ्दो अवस्थामा रहेको र त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाईरहेको बेलामा सरकारले असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गरेको भन्दै आक्रोश पोखेका छन् । थापाले फेशबुकमा लेखेका छन्(
आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्नेरु
हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्नेरु
मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो।। तर विडम्बना त्यो भएन,
निर्णय गलत छ,सरकार१ उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।
त्यसरी नै नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस पदाधिकारी तहको सहमतिविना नै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको भन्दै आपत्ति जनाएका छन् । आज ९सोमबार० बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो । महामन्त्री शर्माले सरकारको यस कदमप्रति विमति रहेको बताएका छन् ।
‘कुलमान घिसिङलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति थिएन । बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिकरुपमै सजग गराइएको थियो । कार्वाही योग्य केही भए, पछिपनी गर्न मिल्थ्यो । केही राम्रा प्रयास छायाँमा पार्नेगरी सरकारले कुलमान हटाउनु हुन्न थियो । सरकारको यो निर्णय समयोचित विल्कुलै भएन ियसप्रती खुला र प्रष्ट रूपमा विमति छ,’– उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।