काठमाडौँ । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले वर्तमान सरकारलाई एक हप्ताको अल्टिमेटम दिएका छन् । उनले काठमाडौं महानगरका सरसफाई कर्मचारीे विगत तीन महिनादेखि तलब नपाएको र त्यसको कारण सरकारको दम्भ भएको आरोप लगाएका छन् ।
उनले कसले के के आन्दोलन गर्ने कुरा आफूलाई थाहा नभएको तर अबको एक हप्तामा आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् । उनले चेतावनीयुक्त भाषामा तिमीहरुको तन्त्र के के हो हेरौंला भनेर अर्को धम्की दिएका छन् ।
बालेनले फेशबुकमा लेखेका छन्(
सरकारको दम्भले गर्दा काठमाडौँ महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब नपाएको उनको भनाई छ । उनले लखेका छन्, ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन । अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु । त्यो पछि हेरौँला तिमीहरूको के के तन्त्र हो ? यसअघि पनि शाहले सिंहदरबारलाई आगो लगाइदिने चेतावनी दिएका थिए ।