लमजुङ । लमजुङ–मनाङ सडकखण्डमा आज दिउँसो एककासी सुख्खा पहिरो खस्दा आवागमन पूर्ण रूपमा ठप्प भएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार सोमबार दिउँसो करिब १२ बजेतिर मर्स्याङ्दी गाउँपालिका–४ अन्तर्गत अक्टोपस झरना नजिकै सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
अचानक खसेको पहिरोले सडक पूरै थुनिँदा यातायात सेवा ठप्प भएको छ। सवारी चालक तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। डुम्रे–बेसीशहर–चामे सडक आयोजना कार्यालयका सब –इन्जिनियर सुमन अधिकारीका अनुसार पहिरोमा ठूला ढुङ्गाहरू खसेकाले सडक खुलाउन समय लाग्ने छ।
पहाडबाट ठूला ढुङ्गाहरू खसेका छन्। हटाउन दुई वटा मेसिन ९जेसिभी० मगाइएको छ,’ उनले भने, ‘ढुंगा ठूलो भएकाले कम्तीमा तीनदेखि चार घण्टासम्म सडक सञ्चालनमा आउन सक्ने देखिँदैन। यससँगै सडक अवरुद्ध भएपछि सडकमा रहेका सवारीसाधन र यात्रुहरु अलपत्र परेका छन् ।