विराटनगर । प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको आजबाट बिराटनगरमा सुरु हुँदैछ । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीले यसै महाधिबेशनवाट नयाँ नेतृत्व चयन गर्नेछ । कार्यक्रम स्थलमा प्रधानमन्त्री ओलीको फोटो सहित चौतारीका पत्रकारहरु ओलीको स्वागतमा प्रतिक्षारत थिए ।
विराटनगरमा तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनि तामझामकासाथ तयारी पूरा गरीएको थियो । तर ओली महाधिबेशनको उद्घाटनमा नजाने भएपछि एमाले महासचिव शंखर पोखरेलले १० औ अधिबेशनको उद्घाटन गर्नेछन् ।
यसअघि चौतारीको महाधिवेशनको उद्घाटनमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने तयारी थियो । ओली जाउन पनि कसरी किनकि उनले त काठमाण्डौबाट टिका लगाएर अध्यक्ष तथा महासचिव तय गरीसकेको थिए । तर चौतारीका पत्रकारहरुले अध्यक्ष ओलीको निर्णयलाई लत्याएर निर्वाचनमै जाने भएसँगै प्रधानमन्त्री ओली महाधिबेशनको उद्घाटनमै नजाने भएका हुन् ।
चौतारीको १० औं महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष गणेश पाण्डे र राजेश राईले उम्मेदवारी घोषणा गरिसकेका छन् । यसअघि राईलाई अध्यक्ष बनाउने तयारीसहित पाण्डेलाई एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिवको जिम्मेवारी दिइएको थियो । तर अध्यक्ष ओलीले पाण्डेलाई अध्यक्ष बनाउन निर्देशन दिएपछि फागुन २८ गते सचिवमा मनोनीत भएका पाण्डेले चौतारीको अध्यक्ष उठ्ने भएकाले दोहोरो जिम्मेवारीमा नरहने भन्दै चैत ८ गते नै राजीनामा दिईसकेका छन् । यसरी आफुले निर्देशन दिदाँ पनि पत्रकारहरुले अटेर गरेकाले ओली बिराटनगर नजाने भएका हुन् ।
हुन पनि ओलीका लाष्गि अहिले कोशी प्रदेश निकै अभिषाप बन्दै आईरहेको छ । केहीदिन अघि मात्रै मोरङ्गको जिल्ला अधिबेशनमा पनि ओलीका उम्मेदवारको लज्जास्पद हार भएको थियो । यसले पनि ओली निकै आक्रोशित बनेका थिए । यता बिराटनगरमै आफ्नै पार्टीको पत्रकारको संगठनको अभिबेशन आयोजना हुनु र आफुले भनेको पत्रकारहरुले नमाने पछि ओलीले कार्यक्रम स्थगित गरेको बुझिएकोे छ ।
प्रेस चौतारीको महाधिवेशनका लागि देशभरबाट ९ सय प्रतिनिधि विराटनगर आइपुगेका छन् ।
ओली मात्रै होईन नेकपा एमालेको केन्द्रीय नेतृत्वले सर्वसम्मत रुपमा नेतृत्व छनोट गर्न निर्देशन दिएको छ । तर महाधिवेशन प्रतिनिधि भने निर्वाचन मार्फत नेतृत्व छान्नु पर्ने पक्षमा छन् । आफुले भनेको नटेर्ने,आफ्नो भनाईको कदर पनि नभएपछि दिक्क बनेका एमाले अध्यक्ष ओलीले चौतारीको अधिबेशन नै बहिष्कार गरेका छन् ।