काठमाण्डौं । बिश्वका चर्चित फ्रेन्चाईज क्रिकेट प्रतियोगिताहरु मध्येकै उत्कृष्ठ इन्डियन प्रिमियर लिग ९आईपीएल० को १८औँ संस्करण आज शनिवारदेखि सुरु हुँदै छ ।उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरुसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअनुसार बेलुका ७ बजेर ४५ मिनेटमा कोलकातास्थित इडेन गार्डेडमा हुनेछ ।
साविक विजेता कोलकाता प्रतियोगितामा विजयी सुरुवात गर्न चाहन्छ । रोयल च्यालेन्जर्स बैंगलुरु भने साविक विजेता कोलकातालाई हराउँदै आईपीएलमा सुखद् सुरुवात गर्न चाहन्छ । रोयल च्यालेन्जर्सले अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । त्यसैले पनि उद्घाटन खेलमा साविक विजेतालाई हराउँदै प्रतियोगितामा उपाधि दावेदारी प्रस्तुत गर्ने रणनीतिमा रोयल च्यालेन्जर्स हुनेछ ।
रोयल च्यालेन्जर्स नयाँ कप्तान रजत पाटीदारको कप्तानीमा मैदान उत्रिनेछ । दुई महिनासम्म चल्ने आईपीएलको फाइनल खेल मे २५ मा हुनेछ । आईपीएलका खेल सबै होम एण्ड अवेका आधारमा हुनेछ । आईपीएलमा सहभागी १० टिमले एक(अर्कासँग दुई पटक प्रतिस्पर्धा गर्नेछन् । लिग चरणपछि शीर्ष दुई टिम पहिलो क्वालिफायरमा प्रवेश गर्नेछन् । यी दुई टिमबीचको विजेता फाइनल प्रवेश गर्नेछ ।
दोस्रो र चौथो स्थानमा रहने टीमबीच इलिमिनेटर खेल हुनेछ । इलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित टिमसँग खेल्नेछ । उक्त खेलमा विजयी हुने टिम फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ । देशका १३ वटा स्टेडियममा आइएपीएलका ७४ खेल खेलीने छन् ।