काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यतिवेला गोरखामा छन् । उनले आज गोरखनाथ मन्दिरको दर्शन गरेका छन् । मन्दिर दर्शन गरेर बाहिरिने क्रममा ठूलो संख्यामा उपस्थित् भएकाहरुले देश बचाउनको लागि आग्रह गरेका छन् ।
कतिपयले भने ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्दै नारा लगाएका थिए । पूर्वराजा शाहले गोरखामा रहेको प्रसिद्ध मनकामना मन्दिरको पनि दर्शन गर्ने कार्यतालिका छ । उनले गोरखनाथको आशीर्वाद लिएरै पृथ्वीनारायण शाहले नेपालको एकीकरण यात्रा सुरु उल्लेख गरेका छन्।
पूर्वराजा शाह पछिल्लो समय विभिन्न धार्मिक स्थलहरूको भ्रमणमा सक्रिय देखिएका छन्। पूर्वराजाको आह्वानपछि राजावादीहरूको अहिले राजा फर्काउने आन्दोलन घोषणा गरिरहेका छन्। फागुन २५ गते देशमा राजासंस्था फर्काउने भन्दै सडक तातिएको छ । उता, गणतन्त्रवादीहरुले पनि गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन गर्ने तयारी गरेका छन् ।