काठमाडौं। जेलेस्पीजंघ कार्कीको निर्णायक गोलसँगै नेपालले सिंगापुरविरुद्ध ३६ वर्षपछि जित निकालेको छ। सिंगापुर नेसनल स्टेडियममा शुक्रबार सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले १–० को जित निकालेको हो। नेपालको जितमा जेलेस्पीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो। उनले १२औं मिनेटमा मनीष डाँगीको क्रसमा गोल गरेका हुन्।
सिंगापुरविरुद्ध नेपालले गरेको यो नै पहिलो गोल हो। । नेपाल र सिंगापुर सन् १९८९ पछि आमुन्नेसामुन्ने भएका हुन्। ५ जुन १९८९ मा भएको पछिल्लो भेटमा सिंगापुरले नेपाललाई ७–० ले पराजित गरेको थियो। त्यसअघि भएको दुई भेट ९१९८२ र १९८९० मा पनि नेपाल क्रमशः २–० र ३–० ले पराजित हुन पुगेको थियो।
सन् १९८९ मा भएको दुई खेल विश्वकप छनोटका हुन् भने १९८२ को खेल किङ्स कपको रहेको थियो। तर, यसपल्ट भने फिफा वरीयतामा आफूभन्दा १५ स्थान ९१६०औं स्थानमा० रहेको सिंगापुरलाई नेपालले हार चखाएको हो। योसँगै नेपाल एएफसी एसियन कप छनोट २०२७ खेल्न प्रस्थान गर्नेछ। मार्च २५ मा नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।