वीरगञ्ज । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नराम्रो काम गर्नका लागि बनेको टिप्पणी गरेका छन् । आज ९शुक्रबार० वीरगञ्जमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले सरकारले भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने काम काम गरिरहेको बताएका हुन् ।
प्रचण्डले ओली नेतृत्वको सरकार भ्रष्टाचारीहरूलाई जोगाउनकै लाथि बनेको दाबी गरे । सरकारले भ्रष्टाचारीहरूलाई जोगाउने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने काम गरिरहेको उनले बताए । दाहालले आफू ०८४ सालको आम निर्वाचनअघि प्रधानमन्त्री हुने दौडमा नरहेको स्पष्ट पारेका छन् । सुशासनको पक्षमा काम गर्दा कांग्रेस र एमाले मिलेर सरकारबाट हटाएको भन्दै अब ०८४ को निर्वाचनसम्म जनतामाँझ रहने र सरकारमा नजाने दाहालको दाबी छ ।
साथै, आफू प्रधानमन्त्रीको दौडमा नरहेको उनले बताए । ०८४ सम्म जनताकै साथमा रहने र जनताको अभिमत लिएर त्यसपछि प्रधानमन्त्री बन्ने उनको भनाइ थियो । प्रचण्डले आफू सरकारमा हुँदा भ्रष्टाचारविरुद्धको आन्दोलन नै छेडेको दाबी गरे ।