कैलाली । कैलाली घोडाघोडी नगरपालिकामा एक सय ५० भन्दा बढि विदेशी नागरिक अनुमति बिना वन क्षेत्रमा बसिरहेको पाइएको छ। घोडाघोडी नगरपालिका–९ को सिमली जंगलमा करीब हप्तादेखि इजरायल, युके, रसिया, स्वीडेन, ताईवान, टर्की, भारत, जापान, जन्मनीफ्रन्स, आईभरिकस, ग्रिस, नेदरल्याण्ड, स्विजरल्याण्ड, चिन, ईस्पेन लगाएत १८ देशका नागरिक लगायतका देशका एक सय ५० भन्दा नागरिक बसोबास गरेर अस्वभाविक गतिविधी गर्दै आएको पाइएको हो ।
रेन्बो फेमली ग्यादरिङ नाम दिएर समूहमा आएका उनीहरुले कुनै पनि निकायबाट अनुुमति नलिएको पाइएपछि कैलालीका प्रमुुख जिल्ला अधिकारी गोगनबहादुर हमालले २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिएका छन्। विदेशी नागरिक वन क्षेत्रमा बसेर अर्धनग्न हुने, आपसीमा अस्वभाविक गतिबिधि गर्ने जस्ता गुनासा आएपछि बिहीबार जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित सिमली जंगल क्षेत्रमा पुगेका प्रमुख जिल्ला अधिकारी हमालले २४ घण्टाभित्र गन्तव्यतर्फ जान निर्देशन दिएका हुन्। निर्देशनअनुसार वन क्षेत्र छाडेर गन्तव्यतर्फ नलागे प्रचलित कानुनबमोजिम कारवाही हुने चेतावनी समेत उनले उनीहरुलाई दिएका छन्।
अनुगमनका क्रममा कुराकानी गर्दा उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई आफूहरु प्रकृतिमा रमाउने मान्छेहरु९नेचर लभर० भएको बताउँदै यसरी विभिन्न देशमा पुगेर बस्ने गरेको बताएका थिए। तर नेपाल सरकारका कुनै पनि निकायबाट अनुमति नलिएको पाइएकाले उनीहरुलाई जंगल क्षेत्र छाड्न स्थानीय प्रशासनले निर्देशन दिएको हो। यद्यपि अनुगमनका क्रममा उनीहरुले शान्ति, सुरक्षामा असर पर्ने खालका गतिविधी गरेको नपाइएपछि कुनै निकायबाट अनुमति नलिइको देखिएको प्रशासनले जनाएको छ। रेन्बो फेमली ग्यादरिङ नाम दिएर केही महिनाअघि यसैगरि अछामको रामारोशन क्षेत्रमा समेत विदेशी नागरिक प्रवेश गरेका थिए।