काठमाण्डौं । आज संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक आज ९बिहीबार० बिहान ११ बजेका लागि बोलाइएको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम संसद् सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिन लागेका हुन् ।
आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको कार्यूची राखिएको छ । आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक, २०८१ मा दफावार छलफल र निर्णयका लागि प्रस्तुत गर्नेछन् ।
अर्थमन्त्री पौडेलले निजीकरण ९पहिलो संशोधन० विधेयक, २०८१ माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेलागत बैठकको कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ । आजको बैठकमा पनि शून्य समयमा सांसदहरुले प्रधानमन्त्री ओलीसँग प्रश्न गर्न पाउनेछन् ।
संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम हुने छ भने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले तीन वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।