काठमाडौं । राजसंस्था पुनर्स्थापनाको अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईँले सोमबार टोखाबाट बरामद भएको २५ करोड रुपैयाँ रकम माओवादीको भएको दाबी गरेका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो रकम दिनहुँ तस्करी भइरहेको र यसमा ठूला नेताको संलग्नता रहेको दाबी गरे।
प्रसाईँले पछिल्लोपटक समातिएको रकम माओवादीको भएको र माओवादीनिकट तिब्बतीले लगिरहेको बताए। उनले भने, ‘हिजो पक्रिएको पैसा नेता र सुन तस्करको पैसा हो। त्यो माओवादीनिकट एकजना टिविटेनसँग खाने मान्छेको पैसा हो।’
प्रहरीले करिब २५ करोड नेपाली रुपैयाँबराबरको विदेशी अवैध मुद्रासहितको ट्रक र चालकलाई नियन्त्रणमा लिई हिजो पत्रकार सम्मेलन गरेको थियो। उक्त रकम कसको होरु र कुन प्रयोजनका लागि लगिँदै थियो भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।