काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक बस्दै छ । बैठक दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ ।
समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
‘राजसंस्था पक्षधरहरुको प्रदर्शनको सन्दर्भमा गणतन्त्रवादीहरुको भूमिकाबारे छलफल हुने भनिएको छ,’ स्रोतले भन्यो । बैठकमा सरकारका कामकारबाहीका विषयमा पनि छलफल हुने बताइएको छ ।