काठमाडौं । आईतवार बसेको प्रतिनिनिधिसभा बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले श्याम घिमिरेले यौन व्यवसायलाई व्यवसायीकरण गर्न प्रस्ताव राखेका थिए । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने क्रममा घिमिरेले यस्तो प्रस्ताव राखेका हुन् । उनले मदिर तथा धार्मिकस्थलमा मदिराजन्य पसलहरु राख्न नहुने तर यसको लागि पनि निश्चित् ठाउँ छुट्याउनुपर्ने बताएका हुन् । उनले भने,‘धार्मिक क्षेत्रमा पूर्ण रुपले मदिरा, मासुजन्य पदार्थहरु प्रतिबन्ध गर्नुपर्छ । तर, हामीले व्यवसायिक रुपमा यसको विकास पनि गर्नुपर्छ । त्यसको लागि निश्चित् ठाउँहरु तोकेर जानुपर्छ । मदिराको लागि छुट्टै, मनरोञ्जनको लागि पनि छुट्टै ठाउँको व्यवस्था गर्नुपर्छ । मैले त बारम्बार भन्ने गरेको छु यौन व्यवसायलाई पनि व्यवसायिकरण गरौं । जसले यो मुलुकमा पर्यटकको संख्यालाई बढाउनेछ ।’
उनले धार्मिक पर्यटकले खर्च कम गर्ने तर मनोरञ्जनमा आउने पर्यटकले खर्च धेरै गर्ने तर्क दिँदै नेपालमा यौन व्यवसायलाई व्यवसायिकरण गर्नुपर्ने धारणा राखेका हुन् । उनले साहसिक ९एड्भेन्चर० का पर्यटकपनि थोरै हुने तर संसारभरि नै सबभन्दा धेरै पर्यटक मनोरञ्जनका हुने दाबी पेश गरे । उनले भने,‘मनोरञ्ज्नका पर्यटकलाई आकर्षण गर्न सकियो भने यो मुलुकको आर्थिक विकास हुन्छ ।
घिमिरेको यो भनाईले संसदका दुबै सदन तातेका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले सत्तापक्षका माननीयले यौन ब्यवसायलाई कानून बनाई मान्यता दिएर अर्थोपाजन गर्नतिर लागौ भन्ने अभिब्यक्रि घोर आपत्तीजनक र निन्दनीय बिषय भएको बताईन् । यस्तो चिन्तनको घोर बिरोध गर्दछु । यस्ता बिचारले अनुशासीत र मर्यादीत रुपमा रहेको समाजलाई अराजकतातिर पुरयाउँछ । त्यसैले यो भनाईलाई संसदको रेकर्डबाट हटाउन सभामुख समक्ष रुलिङ्गको माग गर्दछु । साथै सभामुख महोदय, सम्वन्धित माननीय ज्यूलाई प्रश्न गर्न चहन्छु , त्यस्तो कार्य गर्नलाई आफ्नो परिवारको सदस्यलाई अघि सार्नलाई आँट गर्न सक्नुहुन्छ भनेर प्रश्न गर्न चाहन्छु ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले सरकारले यौन व्यवसायलाई अनुमति दिन लागेको होरु भन्दै प्रश्न गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पर्यटक धेरै भित्र्याउने नाममा सरकारले वेश्यालय सञ्चालन गर्न लागेको होरु भन्दै प्रश्न गरेका हुन्। ’आइतबार सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसाय र गाँजा खेतीलाई खुला गरेर पर्यटन भित्र्याउनुपर्ने बताएका थिए। यसैमा सिंहले आपत्ति जनाएका हुन्। ुदेशको आर्थिक विकासका लागि पर्यटक भित्र्याउन, त्यो पनि ज्यादा खर्च गर्ने पर्यटक ल्याउनका लागि यौन पर्मिट लाइसेन्स ल्याउनुपर्छ भन्नुभएको छ एउटा जिम्मेवार सरकारको माननीयज्यूले। यो व्यवसाय, वेश्यालय, कोठी चलाउने, सरकारले नै चलाउन दिन लागेको त होइनरुु उनले सोधे। त्यस्तै उनले नेपाल देव भूमि भएको भन्दै यस्ता व्यवसाय सञ्चालनका लागि नै गणतन्त्र ल्याएको होरुभनेर प्रश्न गरे।
नेपाली कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिको राष्ट्रिय सभामा समेत विरोध भएको छ । राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै सत्तारुढ दल नेकपा एमाले सांसद रुक्मिणी कोईरालाले उक्त अभिव्यक्ति आपत्तिजनक रहेको बताएकी हुन्। नेपाली समाजको मूल्य,मान्यताविपरित गरिमामय सदनमा यति निष्कृष्ट धारणा धारणा राख्ने अधिकार उनलाई कस्ले दियो रु भन्दै सांसद कोईरालाले प्रश्न समेत गरे। उनले त्यस्तो अभिव्यक्तिले समाजमा पर्ने असरको समेत हेक्का नराखि अभिव्यक्ति दिएका सांसद घिमिरेले माफीमाग्नुपर्ने बताए।
उनले भने, ‘हिजो प्रतिनिधि सभामा एकजना माननीयज्युले बोल्नेक्रममा यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्नेजस्तो घोर आपत्तिजनक विषय राख्नुभएको छ । नेपाली समाजको मुल्यमान्यताविपरित गरिमामय सदनमा यति निष्कृष्ट धारणा धारणा राख्ने अधिकार उहाँलाई कस्ले दियो ? समाजमा पर्ने असरलाई उहाँले अलिकति पनि हेक्का नराखि गलत भाष्य स्थापित गर्न खोज्ने माननीयले अविलम्व माफी माग्नुपर्छ । उनले भने, ‘पर्यटक भित्र्याउन, त्यो पनि ज्यादा खर्च गर्ने पर्यटक ल्याउनका लागि यौन व्यवसाय, यौन पर्मिट लाइसेन्स सरकारले दिनुपर्छ भन्नु भएको छ एउटा जिम्मेवार माननीयज्यूले । यो व्यवसाय, बेश्यालय, कोठी सरकारले नै चलाउने दिन आएको त होईन ? नेपाल प्रकृतिको सुन्दर देश रहेको र जलस्रोतमा पनि विश्वको दोस्रो सबैभन्दा ठूलो देश रहेको बताउँदै उनले नेपाल देव भूमि माता सीता, भृकुटी र गौतम बुद्ध जन्मिएको भूमि हो भन्न नबिर्सन आग्रह गरे ।