काठमाडौं । नेपाल प्रहरीको ३१ औ महानिरीक्षक ९आईजीपी०मा दीपक थापा नियुक्त भएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक ९एआईजी० थापालाई आईजीपी नियुक्त गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयसँगै केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को प्रमुख रहेका थापा प्रहरीको आईजीपी बन्न सफल भएका छन् । आईजीपीका ३ जना प्रतिस्पर्धीमध्ये वरीयतामा थापा एक नम्बरमा थिए ।
प्रतिस्पर्धाको दोस्रो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र तेस्रोमा टेकबहादुर तामाङ थिए । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् । २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका उनीहरूमध्ये दीपक थापा २०७९ चैत ६ मा वसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका थिए । पछि कुँवर आईजीपी भए । सुदीप गिरी र टेकबहादुर तामाङ २०७९ चैत २४ मा एआईजीमा बढुवा भएका थिए ।
मन्त्रिपरिषद्ले मेरिटअनुसार थापालाई नियुक्त गरेको छ । यसअघि कुँवर पनि मेरिटको आधारमा बढुवा भएका थिए । प्रहरीको ऐनमा परिवर्तन नभए नवनियुक्त आईजीपी थापाले करिब ६ महिना ८९ हजार फौजको कमान्ड गर्नेछन् ।