काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बम पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिकामा आयोजित राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको कार्यक्रममा उनले पूर्वप्रधानमन्त्री एवं नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्विर जलाएका थिए । उनलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो ।
प्रचण्डले सिन्धुपाल्चोकमा आयोजित पार्टीको एक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रलाई वंश नास गर्ने ‘भाइमारा’, मूर्तिचोर र सुन तस्करीका नाइकेको संज्ञा दिएका थिए । प्रचण्डको सो अभिव्यक्तिलाई लिएर राप्रपाका नेता तथा कार्यकर्ताहरुले विरोध गरिरहेका थिए । सोही क्रममा बमले प्रचण्डको तस्बिर सार्वजनिक रुपमा जलाएका थिए ।
हिजो हेटौडामा आयोजित कार्यक्रममा बमले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको तस्विर जलाएका थिए । राप्रपाले आयोजना गरेको कार्यक्रममा बमले प्रचण्डको तस्विर जलाएका थिए । प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाह बिरुद्ध भाईमारा र मुर्तीचोरको आरोप लगाएका थिए ।