काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनेगरी सरकारले ड्राफ्ट गरिरहेको कानुनको विरोध गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा उनले सरकारको यस्तो प्रकारको कार्यलाई ‘स्याल बहुलाएको’ संज्ञा दिए । पूर्व विशिष्टहरुलाई सेवा सुविधा दिने कुरामा सरकार गम्भीर हुन जरुरी रहेको उनको भनाइ छ । ‘मुलुकको यस्तो आर्थिक अवस्था देख्दादेख्दै, लाखौं बेरोजगार युवा विदेशमा गल्लीगल्लीमा भौँतारिँदा भौँतारिँदै यस्तो बेलामा सरकारले पूर्व विशिष्टहरुलाई सेवा सुविधा दिने व्यवस्था गर्न लागेको छ ।
यो के गरेको हो सरकारले रु स्याल बौलायो भने सहर पस्छ भन्ने नेपाली उखान छ । यस्तो बेला हो रु पूर्वविशिष्टहरु, उहाँहरुले दुःख पाउनु भएको छ रु उहाँहरुको सेवा सुविधा पुगेन रु यस्तो बेलामा पूर्व विशिष्टहरुलाई दिइने सेवा सुविधामा सरकार गम्भीर होस् । यतातिर नबढोस् । जनताको यत्रो आक्रोश सरकार र व्यवस्थाप्रति भइरहेको बेलामा यो कसले चलाउँछ सरकार रु’ प्रश्न गर्दै उनले भने ।