काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी चैत्र १५ गते विशाल जनप्रदर्शन गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘अब निर्णायक समय आउँदै छ, तयार रहौँं’ भन्दै यो जानकारी सार्वजनिक गरेका हुन्। उनको यो घोषणले उनि एक्लै समाजवादी मोर्चासँग भिड्न खोजेको स्पष्ट हुन्छ । समाजबादी मोर्चाले राजावादी बिरुद्ध १५ गते नै बृहत प्रदशर्नी गर्ने निर्णय गरीसकेको छ ।
यिनै प्रसाईले केही बर्ष पहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो निवासमा बोलाएरसँगै खाना खुवाएका थिए । त्यो पनि जुम्लाको मार्सी चामलको भात । जसले गर्दा मार्सी चामल मात्रै चर्चामा आएन दुई कम्युनिष्ट शक्ति एक समेत बने । तर प्रसाईले भूमिका निर्वाह गरेर एक बनाएको नेकपा लामो समय टिक्न सकेन । त्यती मात्रै होईन नेकपा एमाले त दुई कित्तामा बिभाजीत बन्यो भने तत्कालीन कम्युनिष्ट सरकार नै ढल्यो । तत पश्चात मेडीकल ब्यवसायी प्रसाई समेत कम्युनिष्टहरु बिरुद्ध सडक आन्दोलन चकोईरहेका छन् ।
प्रसाईंले आफ्नो फेसबुक पोष्टमा देशका विभिन्न वर्ग र समुदायलाई एकजुट भएर आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्। उनले लेखेका छन्, ‘अब निर्णायक समय आउँदै छ, तयार रहौं। यही चैत्र १५ गते देखाउनु छ देश बेचुवाहरूलाई राष्ट्रभक्तिको शक्ति। सम्पूर्ण बैंक, सहकारी, लघुवित्त पीडित, सहकारीमा बचत डुबेका पीडित बचतकर्ता, आफ्नै देशमा व्यवसाय गरौँ भन्दा बैंकको कालोसूचीमा पर्न बाध्य नेपाली व्यवसायी, विदेश जाउँ भन्दा दलालको फन्दामा परि ठगिएका युवाहरू, पाखुरा बजाउँछु देशमै भन्ने सोच राख्दा काम नपाएका बेरोजगार युवाहरू, यो व्यवस्थाले बेहाल अवस्थामा पर्न बाध्य सबै जुटौँ।’
उनले सर्वहारा, भुइँमान्छे, गरिब, विपन्न, उत्पीडनमा परेका वर्ग, दबाइएको दलित समुदाय, हेपिएको सीमान्तकृत समुदाय, भूमिहीन किसान, माओवादी युद्धका घाइते, अपाङ्ग, नाम मात्रका सहिद परिवार, युद्ध पीडित सबैलाई एकजुट हुन आग्रह गरेका छन्।
साथै, प्रसाईंले काठमाडौं, ललितपुर र भक्तपुरका अभियन्ताहरूलाई उपत्यका नछोड्न र देशभरका अभियन्ता, राष्ट्रभक्त नागरिक, राजसंस्था चाहने राजनीतिक दलहरूलाई काठमाडौं केन्द्रित आन्दोलनका लागि तयार रहन अनुरोध गरेका छन्।
प्रसाईंले आन्दोलनको मोडालिटीबारे छिट्टै छलफल गरी सार्वजनिक गर्ने बताएका छन्। उनले भने, ‘१५ गतेको लागि तयार रहनुहोला, लड्नु छ देश बेचुवा मारवाडीका गोठालाहरूसँग, बचाउनु छ हाम्रो गौरवपूर्ण देशलाई।’ प्रसाईकै नेतृत्वमा फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा बृहत र्याली निस्कीएको थियो । सो र्याली पछि गणतन्त्रवादी शक्ति र राजावादीबिच वाकयुद्ध चलीरहेको छ । सरकार र प्रतिपक्षदेखि लिएर नागरीक समाज र बुद्धीजिवीहरु समेत दुई धु्रबमा बिभाजीत भईरहेको अवस्था छ ।