काठमाडौँ । राजतन्त्र पक्षधर समूहले शनिबार नारायणहिटी दरबार सङ्ग्रहालय अगाडी प्रदर्शन गरेका छन् । शाही युवाशक्ति नेपालको ब्यानरमा प्रदर्शनमा उत्रिएका उनिहरुले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।
उनिहरु समाखुसीबाट बाइक र्याली सहित उनीहरू नारायणहिटी दरबार आएका हुन् । आन्दोलनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्न समेत चेतावनी दिएका छन् । पछिल्लो समय राजतन्त्र पक्षधरहरूले प्रदर्शन तीव्र बनाएका छन् ।
कार्यक्रममा नेकपा ( माअोवादी केन्द्र ) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्विर जलाइएको छ । प्रचण्डले हिजो सिन्धुपाल्चोकमा आयोजित पार्टीको एक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रलाई वंश नास गर्ने ‘भाइमारा’, मूर्तिचोर र सुन तस्करीका नाइकेको संज्ञा दिएका थिए । प्रचण्डको सो अभिव्यक्तिलाई लिएर राप्रपाका नेता तथा कार्यकर्ताहरुले विरोध गरिरहेका छन् ।