काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय संयन्त्रको बैठक बोलाएका छन् । आज शुक्रबार साँझ साढे ५ बजे बालुवाटारमा बस्ने गरी प्रधानमन्त्रीले संयन्त्रको बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
‘यो नियमित बैठक हो । उच्चस्तरीय संयन्त्र र कार्यदलको बैठक संयुक्त रूपमा बस्न लागेको हो’, प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘कुनै विशेष एजेन्डा छैनन् । तर, समसामयिक विषयमा छलफल हुनेछ ।’
सरकारका क्रियाकलापलाई व्यवस्थित बनाउने र संसद्मा अड्किएका विधेयकको विषयमा छलफल हुने बुझिएको छ । संयन्त्रमा सत्तारुढ दल कांग्रेस र एमालेका शीर्ष १० नेता छन् । त्यस्तै, सरकारका कामलाई प्रभावकारी बनाउन सहजीकरण गर्नका लागि दुवै दलले कार्यदल पनि बनाएका छन् ।