काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठक सुरु हुँदा सरकारका कुनै पनि मन्त्रीहरू उपस्थित नभएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई हेपेको आरोप लगाउदै मन्त्रीहरूको उपस्थिति नभएको सभामुखलाई ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
संसदमा कानून बनाउन पठाएका सांसदहरु र मन्त्रीहरु उद्घाटन र भाषणका कार्यक्रममा उपस्थित हुन थालेपछि संसदमा उनिहरुको उपस्थिती न्यून रहँदै आएको छ ।