काठमाण्डौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखेको छ। माघ २७ गतेको निर्णयअनुसार यी कम्पनीहरूले कालोसूचीमा रहेको अवधिभर सार्वजनिक खरिदमा भाग लिन पाउने छैनन्। धुर्कोट गाउँपालिका, गुल्मीले सिफारिस गरेको तारालक्ष्मीरममता मञ्जु जेभी, सभापोखरी गाउँपालिका, संखुवासभाले सिफारिस गरेको सनमरनिर्जरा जेभीलाई कालोसूचीमा राखिएको छ।
यसैगरी, सीताराम मावि, डोटीले सिफारिस गरेको इन्द्रेणी बिल्डर्स एण्ड सप्लायर्स प्रालि, काठमाडौं र सशस्त्र प्रहरी बल नेपाल, महोत्तरीले सिफारिस गरेको जीएस। कमन जेभी, काभ्रेलाई पनि कालोसूचीमा राखिएको छ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सिफारिस गरेको राजेन्द्र निर्माण, काठमाडौं पनि कालोसूचीमा परेको छ। कार्यालयले यी कम्पनीहरूलाई सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कारबाही गरेको जनाएको छ। यसैगरी भिमबहादुर सावद नेतृत्वको राजेन्द्र निर्माण सेवा, रविन कुमार जोशी नेतृत्वको रफिना एण्ड कन्स्ट्रक्सन र सुरेश कुमार सिलवाल नेतृत्वको राम निर्माण कन्स्ट्रक्सन पनि एक वर्षका लागि कालोसूचीमा परेका छन् । यी कम्पनीलाई कालोसूचीमा राख्न पुरातत्व विभागले सिफारिस गरेको थियो ।
जिम्मा लिएको काम सन्तोषजनक नभएका कम्पनीहरुलाई सरकारले कालोसूचीमा राख्ने गर्दछ । त्यस्ता कम्पनीहरु कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।