मुम्बई । मातृभूमि जागरण अभियानका प्रस्तावक तथा पूर्वउपप्रधानमन्त्री डा. भीम रावल संगठन विस्तारकै सिलसिलामा भारतको आर्थिक राजधानी मुम्बई पुगेका छन्।
प्रवासी नेपालीहरूले उनलाई मुम्बईसहित महाराष्ट्र राज्यका विभिन्न नगरमा भव्य स्वागत गरेका छन्।
रावलले मुम्बईको पुनेमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
उनलाई मुमबईमा रहेका प्रवासी नेपालीहरुले सम्मान समेत गरेका थिए ।
उनिहरुले डाक्टर रावलको अयिानलाई साथ दिने प्रतिवद्धता समेत जनाएका छन् ।
गृहजिल्ला अछाम र सुदुरपश्चिमका बिभिन्न जिल्लाहरुमा अभियानको कार्यक्रम चलाईरहका रावल पहिलो पटक अभियानबारे प्रवासी नेपालीलाई जानकारी दिन मुम्बई पुगेको उनको सचिवालयले जनाएको छ ।