काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न भन्दै आइतबार त्रिभुवन अन्तिर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्मको सडक क्षेत्रमा राजावादीहरू जम्मा भए । खासमा यो कार्यक्रम पूर्वराजा ज्ञानेन्द्र शाहकै नाममा भएको थियो ।
राजावादी दलहरू त उनको स्वागतमा मात्रै पुगेका थिए । माघ २७ गतेदेखि पोखरा बसेका उनी काठमाडौंमा ठूलो जनसमूह जम्मा हुने सूचनाकै आधारमा आएका थिए ।
पोखरामा साइत नपरेको भन्दै दही सगुनका रुपमा लिएर समिट एयरको चार्टर्ड जहाजमा पूर्वराजा शाह काठमाडौं उत्रिएका थिए । पूर्वराजाको स्वागतमा अरू समूह पनि थिए ।
पूर्वराजालाई स्वागत गर्न राजेन्द्र लिङ्देल नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राजादवी समूह, संस्कृतिविद् डा. जगमान गरुङ नेतृत्वको समूह, पूर्वमन्त्री डा. केशवबहादुर विष्ट नेतृत्वको समूह, अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल पनि पुगेका थिए ।
खासमा यो कार्यक्रम पूर्वराजा ज्ञानेन्द्र शाहकै नाममा भएको थियो । राजावादी दलहरू त उनको स्वागतमा मात्रै पुगेका थिए ।
माघ २७ गतेदेखि पोखरा बसेका उनी काठमाडौंमा ठूलो जनसमूह जम्मा हुने सूचनाकै आधारमा आएका थिए ।
पोखरामा साइत नपरेको भन्दै दही सगुनका रुपमा लिएर समिट एयरको चार्टर्ड जहाजमा पूर्वराजा शाह काठमाडौं उत्रिएका थिए ।