डोटी। गृहमन्त्री रमेश लेखकले नेपालमा अब राजतन्त्र फर्किने सम्भावना नरहेको दाबी गरेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर जनताको बीचमा पेश हुन सुझाव दिएका छन् । आज नेपाल प्रेस युनियनले डोटीमा आयोजना पत्रकार सम्मेलनमा बोल्दै लेखकले यस्तो बताएका हुन् ।
उनले आन्दोलनबाट फालिएको राजा त्यही देशमा बसेको उदाहरण कम भएको उल्लेख गर्दै लेखकले भने,‘आन्दोलनबाट फालिएपछि त्यसै देशमा राजा बसेको उदाहरण कमै हुन्छ, अन्य देशमा। राजा त्यसै देशमा बस्ने नागरिकका सबै अधिकार उपयोग गर्ने, राज्यले सुरक्षा प्रदान गर्ने र लोकतन्त्रको सबै आधार उपभोग गरेर बस्न पाउने उदाहरण कम देखिन्छ।’
उनले निरंकुश राजतन्त्रबाट जनताबाट निर्वाचित हुने आम नागरिकको छोराछोरी राष्ट्रपति हुने व्यवस्था कसैले उट्याउन नसक्ने बताए । गृहमन्त्री लेखकले भने, ‘गणतन्त्रकाविरुद्ध राजतन्त्र आउने सम्भावना छैन। पूर्वराजालाई सबै स्वतन्त्रता छ, उहाँले पार्टी खोलेर जनताको बीचमा खुला छलफल गरौं न। गणतन्त्र राम्रो कि राजतन्त्र जनताको बीचमा जाऔं न।