काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार नै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक ९एमडी० कुलमान घिसिङको पछि लागेर किचकिच गरिरहेको टिप्पणी गरेका छन् । आज ( शनिबार ) सिन्धुलीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले आगामी ४र५ महिनामा सेवा अवधि सकिँदै गरेको कुलमानको पछि लाग्नु राम्रो नरहेको बताएका हुन् ।
उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काको भूमिकाप्रति टिप्पणी गर्दै उनले सरकार यसरी एउटा व्यक्तिको पछाडि लाग्न नहुने बताए । साथै उनले परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाको कामको भने प्रसंशा गरे । अहिले परराष्ट्र मन्त्रालयले समस्याको समाधान दिनेगरी काम गरिरहेको बताए ।
विदेशमा रहेका नेपालीको संख्यालगायतको डाटा संकलन गरेर परराष्ट्र मन्त्रालयले डा।देउवाको नेतृत्वमा प्रभावकारी काम गरिरहेको उनको दाबी छ । साथै, उनले तोकिएकै समयमा पार्टीको महाधिवेशन हुने बताए । २०८४ को निर्वाचनपछि अधिवेशन हुने भनेर भ्रम फैलाइएको भन्दै उनले यस प्रकारको हल्लामा नलाग्न आग्रह गरे ।