काठमाडौं । नयाँ शिक्षा ऐनको माग गर्दै शिक्षकहरुले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका छन् । देशभरबाट काठमाडौंमा भेला भएर उनीहरुले प्रदर्शन गरेका हुन् । आज ( शनिबार) उनीहरुले माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत आन्दोलन गरेका थिए ।
प्रर्दशनका क्रममा उनीहरुले ‘चालु हिउँदे अधिवेशनबाट ऐन जारी गर, शिक्षक महासंघ जिन्दावाद, विगतका सम्झौता कार्यान्वयन गर’ लगायतका नाराबाजी गरेका थिए । अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, शिक्षकहरुलाई स्थानीय सरकार मातहत राख्न नहुनेलगायत उनीहरुको माग रहेको छ ।
बाल कक्षा शिक्षक ९इसीडी०, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकनलगायत विषय शिक्षकहरुले अगाडि सारेका छन् । प्रदर्शनमा देशभरबाट ३६ हजारभन्दा बढी शिक्षकहरु काठमाडौं आउने तयारी रहेको थियो ।