काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान०ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले क्यानको आगामी वर्षको वार्षिक क्यालेण्डर सार्वजनिक गरेका हुन् ।
सार्वजनिक क्यालेण्डरमा महिला पुरुष क्रिकेटको विभिन्न टोलीले खेल्ने प्रतियोगिताहरु समावेश गरिएको छ । साथै राष्ट्रिय अन्तर्राष्ट्रिय घरेलु प्रतियोगिताहरु समावेश गरिएको सचिव पारस खड्काले जानकारी दिए ।
क्यालेण्डर अनुसार सबैभन्दा बढी पुरुष किक्रेट टोलीको खेल खेलाइनेछ । पुरुष क्रिकेटका लागि बाह्रै महिना खेल हुनेछ भने सबैभन्दा कम महिला यू १६को एउटा मात्र खेल हुने भएको छ ।