काठमाडौं । सरकारले जारी गरेका ६ मध्ये पाँच अध्यादेश राष्ट्रियसभाबाट पनि स्वीकृत भएको छ । भूमि अध्यादेश पेश हुन बाँकी छ ।बिहीबार राष्ट्रियसभाकोे बैठकमा विभिन्न पाँचवटा अध्यादेश निर्णयार्थ भएका थिए । जसलाई राष्ट्रियसभाबाट बहुमतले स्वीकृत गरिएको हो ।
सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ( पहिलो संशोधन ) अध्यादेश, २०८१, निजीकरण ( पहिलो संशोधन ) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ राष्ट्रियसभाबाट स्वीकृत भएको हो ।
त्यसअघि उक्त अध्यादेशबिरुद्ध परेका विरोधका सूचनाहरु अस्वीकृत भएका थिए । यी अध्यादेश प्रतिनिधिसभाबाट बहुमतले पारित भइसकेका छन् । अध्यादेश संघीय संसदको दुवै सदनबाट पारित भएसंगै प्रतिष्थापन विधेयक ल्याउने बाटो खुलेको छ ।