काठमाडौं । चसर्चत अभिनेत्री एवं चलचित्रकर्मी स्वस्तिमा खड्कालाई नेपाल टेलिकमले कम्पनीको ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी ( अर्याल ) का साथै कलाकार स्वस्तिमा खड्काले हस्ताक्षर गरिन् । सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी ( अर्याल ) ले नेपाली चलचित्र क्षेत्रको ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाहरुको प्रवर्द्धन एवम् बजारीकरण कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कम्पनीसँग आबद्धता तथा सहकार्यका लागि अभिनेत्री खड्काप्रति आभार प्रकट गरे ।
कार्यक्रममा ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले नेपाल टेलिकम जस्तो गरिमामय एवम् सुपरिचित संस्थासँग आबद्ध हुन पाउँदा खुशी व्यक्त गरिन् । उनले ब्रान्ड एम्बेसडरको रुपमा कम्पनीको हित अभिवृद्धि हुने गरी कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।