गुलरिया । मृत अवस्थामा पाटे बाघ फेला परेको छ । गुलरिया नगरपालिका–१२ बिक्री स्थित भवानी सामुदायिक वनमा मृत अवस्थामा पाटे बाघ मंगलबार बिहान फेला परेको हो ।
बबई सब डिभिजनका कर्मचारी र सामुदायिक वनका उपभोक्ताहरूको संयुक्त टोलीले वनको गस्ती गर्ने क्रममा मृत अवस्थामा बाघ फेला परेको डिभिजन वन कार्यालयका सूचना अधिकारी राम कुमार चौधरीले बताए ।
‘फेला परेको पाटे बाघ पहिला नै मारेको हो,सडिसकेको अवस्थामा बाघ फेला परेको छ’ सूचना अधिकारी चौधरीले भने,‘राष्ट्रिय प्रकृति संरक्षण कोष र वनको टोली अनुसन्धानको लागि खटिएको छ ।’ अनुसन्धान पछि के कारणले बाघ मरेको खुल्ने सूचना अधिकारी चौधरीले जानकारी दिए ।