काठमाडौं । थापाथली क्षेत्रमा मेलम्चीको पाइप फुटेको काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले बताएको छ। आज बिहानै मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न हुनुका साथै सडक अवरुद्ध भएको हो। पाइप फुटेको स्थानमा पानी वितरण नगरिएको काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले बताएको छ। पाइप फुट्नुको कारण हालसम्म जानकारीमा आइनसकेको केन्द्रको भनाइ छ।
काठमाडौं, फागुन २० । रासस पाइप फुटेपछि सडकपेटीमा पनि क्षति पुग्नुका साथै वरपरका पसलहरुमा पानीको भेल पसेको छ । सो क्षेत्रमा रहेको रेष्टुरेन्ट, औषधि र फलफूल पसलहरुमा पानीको भेल पसेर जलमग्न भएको छ । यसअघि माइतीघर–बानेश्वर सडक खण्डको बबरमहल क्षेत्रमा पनि मुख्य पाइप फुटेको थियो। विद्युत् प्राधिकरणले तार भूमिगत गर्न प्रयोग गरेको प्वाल खन्ने उपकरणले क्षति पुर्याउँदा पाइप फुटेको थियो।
थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा पाइपको लाइन फुट्दा पानी नजिकका घर र पसलमा पसेको बताइएको छ । यसअघि पनि बबरमहल क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको काम गर्ने बेलामा खानेपानीको मुख्य पाइप लाइन फुट्दा सो क्षेत्र जलमग्न भएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालय डुबानमा परेका थिए ।