काठमाडौँ । जनता समाजवादी पार्टी ( जसपा ) नेपालले आज भूमि सम्बन्धी अध्यादेशबारे बृहत् अन्तरक्रिया गर्ने भएको छ । नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्याङ्क्वेटको मैत्री हलमा आज दिउँसो १ बजेदेखि विभिन्न पार्टीका शीर्ष नेता र विज्ञहरूसँग अन्तरक्रिया कार्यक्रम गर्न लागिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
कार्यक्रमलाई पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा ) नेपालका अध्यक्ष उपेन्द्र यादव, सामाजिक लोकतान्त्रिक पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, डा उमाशंकर प्रसादलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेका बताइएको छ ।
जसपा नेपालले आइतबार केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकमा सरकारले प्रस्तुत गरेका अध्यादेशबारे छलफल समेत हुने बताइएको छ ।