काठमाडौं । पाथीभरा मुकुम्लुङमा केबलकार निर्माणको विषयमा भएको विवादबारे गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्। छलफलपछि गृहमन्त्री रमेश लेखकले सांसदहरूले दिएको सुझावलाई ग्रहण गर्दै समस्याको शान्तिपूर्ण समाधान निकाल्नुपर्ने बताए। ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने विषयमा पक्ष र विपक्षबीच विवाद हुँदै आएको छ।
विपक्षमा रहनेहरूले नो केबलकारु अभियान चलाएका छन्। केही दिनअघि दुई पक्षबीच झडपसमेत भएको थियो। झडपमा प्रहरीले केही स्थानीय घाइते भएका थिए। विवादले उग्ररुप लिएपछि गृहमन्त्रालयले सहसचिवको नेतृत्वमा सरकारी वार्ता टोली बनाएको छ।
तर, स्थानीयले मन्त्रीस्तरीय समिति बनाए मात्रै छलफलमा बस्ने बताउँदै आएका छन्। विवादले उग्ररुप लिएपछि केही समयका लागि केबलकार निर्माणको काम पनि रोकिएको छ। सरकारले निर्माण रोकेर असन्तुष्ट पक्षलाई वार्तामा आउन भने पनि नो केबलकारपक्षहरू वार्तामा गएका छैनन्। छलफलमा सहभागी सत्त पक्षकै धेरै जसो सङ्घीय सांसदहरूले आन्दोलनरत पक्षको माग नसुनी केवकार निर्माण गर्न नहुने बताए । उनीहरूले भने, ‘वार्तामार्फत उनीहरूको कुरा सुनेर निर्माण कार्य सुरु गर्न पर्छ । दमन गरेर गरिएको विकास विकास हुँदैन ।’
केबलकार निर्माण प्रक्रिया अघि बढाएपछि विवादले उग्र रूपमा लिएपछि अहिले स्थगित भएको छ । पटक पटक वार्ता गरे पनि अहिलेसम्म निकास भेटिएको छैन। यसअघि पनि गृहमन्त्रीले कोशीका चार जिल्लाका सांसदहरूसँग छलफल गरेका थिए ।