काठमाडौं । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना मिति फेरि सरेको छ । राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) को बिहीबार बसेको बोर्ड बैठकले दशौँ राष्ट्रियको नयाँ मिति तोकेको हो । २०७९ मा भएको नवौं राष्ट्रिय खेलकुदबाट दशौं राष्ट्रिय खेलकुद २०८१ मंसिरमा कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको थियो ।
तर, तयारी नपुगेको भन्दै राखेपले चैत २३ देखि २९ सम्म राष्ट्रिय खेलकुद गर्ने निर्णय गरेको थियो । यो समयमा पनि नहुने देखिपछि राखेपले पुनः दोस्रो पटक मिति सारेको हो । नयाँ मिति अनुसार दशौँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म हुने निर्णय भएको युवा तथा खेलकुदमन्त्री तेजलाल चौधरीले बताए ।
राष्ट्रिय खेलकुद परिषद्को १२१औं बैठकले २०८२ साल जेठ ३ देखि १० गतेसम्म हुने निर्णय गरेका हो । यसअघि कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट माघ ३ गते पारित भएको गरिएको थियो ।त्यतिबेला कर्णाली प्रदेशमा आयोजना हुने उक्त प्रतियोगिता आगामी चैतमा हुने तय भएको थियो ।