काठमाडौँ । महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ पुगेका छन् । महाशिवरात्रि तथा आरतीका लागि पशुपति क्षेत्र विकास कोषको संरक्षक समेत रहेका प्रधानमन्त्री ओली निरीक्षण तथा सहभागी हुन पशुपतिनाथ आइपुगेका हुन् ।
मंगलबार साँझ उनी पशुपति पुगेका हुन् । सो क्रममा उनले पशुपति क्षेत्रको अवलोकन गर्दै बुधबार परेको शिवरात्रिको आवश्यक तयारीका विषयमा जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
शिवरात्रि पर्वका दिन राष्ट्र प्रमुखका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ ।