काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा र स्विट्जरल्यान्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबीच आज जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी परराष्ट्रमन्त्री देउवा र स्विस समकक्षी क्यासिसबीच साइडलाइन भेटवार्ता भएको हो ।
भेटका अवसरमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ । भेटका अवसरमा परराष्ट्रमन्त्री देउवाले नेपालको आर्थिक सामाजिक क्षेत्रका साथै नेपालको शान्ति प्रक्रियामा स्विस सरकारको सहयोग र सदभावका लागि धन्यवाद व्यक्त गरिन् ।
उनले नेपाल संयुक्त राष्ट्रसंघको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषदको सदस्य एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषदको अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले सहयोगका लागि स्विस सरकारसँग आग्रहसमेत गरिन् ।
त्यस्तै उनले आगामी मे महिनामा नेपालले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य ुथिमु बनाएर मुख्य शीर्षकमा सगरमाथा संवाद कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय समुदायलाई सामेल गराउने प्रयास गरेकाले त्यसमा सहभागिताका लागि स्विस सरकारलाई निम्तोसमेत दिइन् ।