काठमाडौँ । ‘नेपाल प्रहरी विधेयक, २०८१’ मा ५० भन्दा बढी संशोधन प्रस्ताव दर्ता भएका छन् । विधेयकमा सत्ता र प्रतिपक्षका सांसदबाट कुल ५२ वटा संशोधन प्रस्ताव दर्ता भएको संघीय संसद् सचिवालयले शुक्रबार जनाएको छ । सचिवालयले उपलब्ध गराएको तथ्यांकअनुसार तीमध्ये प्रतिपक्षी दलका सांसदहरूले ३५ संशोधन प्रस्ताव दर्ता गराएका छन् भने सत्तापक्षीय दलका १७ संशोधन प्रस्ताव दर्ता भएका छन् ।
सत्ता पक्षबाट कांग्रेसले ५, एमालेले ९,जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले एक–एक संशोधन प्रस्ताव दर्ता गराएका छन् । प्रतिपक्षीबाट नेकपा ( माओवादी केन्द्र ) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले १३– १३ वटा, नेकपा (एकीकृत समाजवादी )ले ५, राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा )ले २ तथा नेपाल मजदुर किसान पार्टीले एउटा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।
सरकारलाई समर्थन नगरेका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि संशोधन प्रस्ताव दर्ता गरेका छन् । विधेयक संशोधनका लागि १० सामूहिक र ४२ एकल प्रस्ताव दर्ता भएका संघीय संसद् सचिवालयले जनाएको छ ।नेपाली कांग्रेसका सांसदहरूले ४ वटा सामूहिक संशोधन प्रस्ताव दर्ता गराएका छन् । कांग्रेस सांसदहरू दीलेन्द्रप्रसाद बडु, सञ्जयकुमार गौतम, राजेन्द्रकुमार केसी, राजेन्द्र बजगाई, मैना कार्की, पुष्पबहादुर शाहले एउटा, सुशीला थिङ, रमा कोइराला पौड्याल, कल्पना चौधरी, सपना राजभण्डारीले दोस्रो, जीवन परियार, प्रतिमा गौतम, कुसुमदेवी थापा, सिता मिजारले तेस्रो र श्यामकुमार घिमिरे, मुक्ताकुमारी यादव र नागिना यादवले चौथो सामूहिक प्रस्ताव दर्ता गराएका हुन् ।
एमालेका सांसदहरूले दुई सामूहिक प्रस्ताव दर्ता गराएका छन् । एमाले सांसदहरू रघुजी पन्त, छविलाल विश्वकर्मा, ठाकुरप्रसाद गैह्रे पहिलो र महेश बस्नेत, अम्बर बहादुर रायमाझी, सराज अहमद फारुकी, प्रेमबहादुर महर्जनले दोस्रो सामूहिक प्रस्ताव दर्ता गराएका हुन् ।त्यस्तै नेकपा ९माओवादी केन्द्र०, रास्वपा, राप्रपा र नेकपा ९एकीकृत समाजवादी० पार्टीका सांसदहरूले एक एक वटा सामूहिक प्रस्ताव दर्ता गराएका छन् ।
माओवादीका सांसदहरू माधव सापकोटा र लेखनाथ दाहालले सामूहिक संशोधन प्रस्ताव दर्ता गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय लक्ष्मी तिवारी र विन्दवासिनी कांसकारले, राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान, रोशन कार्की र विना लामाले तथा नेकपा ९एकीकृत समाजवादी०का भानुभक्त जोशी र अम्मरबहादुर थापाले सामूहिक प्रस्ताव दर्ता गरेका हुन् ।
एकलरूपमा कांग्रेसबाट एउटा, एमालेबाट ७, माओवादीबाट १२, रास्वपाबाट १२, एकीकृत समाजवादी पार्टीबाट ४ र राप्रपाबाट एउटा संशोधन प्रस्ताव दर्ता भएको छ । समग्रमा कांग्रेसका सांसदहरूले ५, एमाले सांसदहरूले (, एकीकृत समाजवादी पार्टीका सांसदहरूले ५, माओवादी सांसदहरूले १३, रास्वपा सांसदहरूले १३, राप्रपाले २, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पाटी ( जसपा ) , जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) ले एक–एक वटा र एक स्वतन्त्र सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।