काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।मंगलबार लामिछाने काठमाडौं जिल्ला अदालतमा पहिलो तारेखका लागि उपस्थित भएका हुन्। रवि पत्नी निकिता पौडेलसहित अदालत उपस्थित भएका छन्।
स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले रविलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम गोर्खा मिडियामा लिएर अपचलन गरेको मुद्दामा लामिछानेसँग काठमाडौं जिल्ला अदालतले माग २ गते ६० लाख रूपैयाँ धरौटी मागेको थियो । उनले त्यसैदिन धरौटी बुझाएका थिए ।
त्यसअघि कास्की जिल्ला अदालतले लामिछानेसँग ६५ लाख धरौटी मागेको थियो । काठमाडौंपछि रुपन्देही जिल्ला अदालतले एक करोड र चितवन जिल्ला अदालतले ५४ लाख धरौटी मागेको थियो ।