काठमाण्डौं । शसस्त्र प्रहरी बल नेपालले एकैपटक दुई हजार ६५ जना हवल्दारको सरुवा तथा पदस्थापना गरेको छ । सोेमवार एकै पटक देशभर ५ सय ७२ जना बढुवा भएकाहरुलाई पदस्थापना गरीएको छ भने १ हजार ४ सय ९३ जनालाई सरुवा गरीएको छ । सशस्त्र प्रहरी बलले ठूलो संख्यामा सशस्त्र प्रहरी हवल्दारहरुको सरुवा तथा पदस्थापना गरेको छ ।
बढुवा समितिको २०८१ माघ २२ गतेको निर्णवाट बढुवा तथा पदस्थापना भएका पाँच सय ७२ जनालाई एकैपल्ट सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको हवल्दार पदका लागि सरुवा गरेको छ ।
सशस्त्र प्रहरी बलले सरुवाका लागि उनिहरुवाट आएका गुनासालाई प्राथमिकतामा राखेको, वतन क्षेत्रभन्दा बाहेकमा लामो समय बसेकालाई प्राथमिकता, काजमा कार्यरत रहेकाहरुलाई मिलेसम्म काज कार्यरत रहेकै कार्यालयमा दरबन्दी मिलान गरी पदस्थापना गरीएको छ । त्यसरी नै श्रीमान् श्रीमती नै संगठनमा कार्यरत रहेका कर्मचारीहरुको हकमा मिलेसम्म उनिहरुलाई एउटै कार्यालयमा सरुवा र पदस्थापन गरिएको छ ।
संगठनमा बर्तमान सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले कार्यभार सम्हालीसकेपछि १० हजारभन्दा बढी शसस्त्र कर्मचारीहरुको बढुवा भईसकेको छ । २०७९ बैशाख १९ गते सशस्त्र प्रहरी बलको महानिरीक्षक नियुक्त हुदाँ महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीको सरुवा बढुवालाई न्यायोचित एवं पूर्वानुमान योग्य बनाउने बताएका थिए ।
गृह मन्त्रालयमा दज्र्यानी चिह्न लगाएपछि पत्रकारहरुसँग बोल्दै महानिरिक्षक अर्यालले संगठनको आन्तरीक सुदृढीकरण लगायत सरुवा बढुवा,कमाण्ड,पदपूर्ति एवं अन्य अवसरहरुलाई समेत न्यायोचित रुपमा पद्धती बसाली कार्य गर्ने प्रतिबद्धता जनाएका थिए । महानिरिक्षक अर्यालको प्रतिबद्धता बमोजिम नै संगठनले उपलब्धी हासील गरीरहेकाले सशस्त्र प्रहरी बल नेपालका अधिकृत तहदेखि कार्यालय सहयोगीसम्मका सशस्त्र प्रहरी कर्मचारीहरु उत्साहीत भई कार्य गरीरहेका छन् ।