चितवन । जिल्लाको ईच्छाकामना गाउँपालिका–५ स्थित नं. ३ पुलबाट फागुन २ गते विहान मोटरसाईकल सहित त्रीशुली नदिमा हराएका व्यक्तिको खोजीकार्यको लागि गोताखोर परिचालन भएको छ । नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाईकल आज विहान करीब ११ः४० बजेको समयमा दुर्घटना भएको थियो ।
दुर्घटनाबारे जानकारी पाए लगत्तै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सुर्यराम राउतको कमाण्डमा ६ जना गोताखोरसहितको सुरक्षा फौज परिचालन भई खोजीकार्य गरिरहेको छ । शुक्रवार बिहान ११ः ५५ बजे मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ०६–०२–प ९२०४ नम्बरको मोटरसाइकल चितवनको ईच्छाकामना गापा–५ चट्टाने भीर ९कालीखोला० मा डिभाइडरमा ठोक्किएर त्रिशूली नदीमा खस्दा राना बेपत्ता भएका थिए ।
नदीमा बेपत्ता रानाको खोजी कार्यका लागि गोताखोर परिचालन भएको सशस्त्र प्रहरीका सह(प्रवक्ता ( डीएसपी ) शैलेन्द्र थापाले जानकारी दिए । खोजी कार्यका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमाण्डमा ६ जना गोताखोरसहितको टोली परिचालन भएको डीएसपी थापाले बताए । उक्त नागरिकता र परिचपयत्रका अनुसार राना भारतीय सेना ( इन्डियन आर्मी ) रहेको खुल्न आएको छ । मोटरसाइकलमा कति जना सवार थिए भन्ने खुलिसकेको छैन ।