काठमाडौं । नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० का संयोजक डा। बाबुराम भट्टराईले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने बताएका छन् । आइतबारबाट काठमाडौंमा सुरु नेसपा ९नयाँ शक्ति०को प्रथम महाधिवेशनमा बोल्दै भट्टराईले सत्तामा पुग्नका लागि करोडौँ खर्च गर्न र सत्तामा पुगेपछि त्यसलाई दोहन गर्ने परिपाटी अन्त्य गर्न निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताएका हुन् ।
चूनावमा लाग्ने खर्च राज्यले नै व्यहोर्ने र कम खर्चिलो बनाउने गरी आवश्यक सुधारको खाँचो रहेको उनले बताए । उनले राज्यका हरेक निकायलाई पनि सुधार गर्न सके भ्रष्टाचार नियन्त्रण हुने दाबी गरे । उनले भने–कांग्रेसका नेताहरू सधैँ कुनै न कुनै भ्रष्टाचार र अनियमिततासँग जोडिने गरेका छन् । देशका गम्भीर प्रकृतिका अर्थ राजनीतिक समस्या र नयाँ युगको नयाँ कार्यभार यो ऐतिहासिक रुपले पुरानो भइसकेको राजनीतिक धार र शक्तिबाट पूरा हुन असम्भव छ,’– उनले भनेका छन् ।
भट्टराईले नयाँ बैकल्पीक शक्ति बनाउनका लागि बिचार मिल्नेहरूसँग सहकार्य गर्दै जाने र पुराना शक्तिहरूलाई बाइ–बाइ गर्ने जिकिर गरे । उनले अहिलेको उपलब्धिलाई रक्षा गर्दै थप सुदृढ बनाउनका लागि केही समय ठूला दलसँग सहकार्य गर्नुपरेको बताए । प्रथम महाधिवेशनमा भट्टराईले नयाँ युगको नयाँ कार्यभार स् वैकल्पिक राजनीतिको औचित्य र आधार विषयक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन् ।
त्यस्तै नेसपाले महाधिवेशन आयोजक समिति विघटन गरी अध्यक्ष मण्डल गठन गरेको छ । पदाधिकारी र केन्द्रीय समिति सदस्य चयन गर्दै महाधिवेशन मंगलबार सम्पन्न हुने नेसपा ९नयाँ शक्ति० ले जनाएको छ । नेपाल समाजवादी पार्टी९नयाँ शक्ति०का निवर्तमान अध्यक्ष डा।बाबुराम भट्टराईले वैकल्पिक नयाँ शक्ति निर्माणका लागि वैचारिक र साङ्गठनिक आधारहरू प्रस्तुत गरेका छन् । आइतबारबाट प्रज्ञा भवन कमलादीमा सुरु भएको पार्टीको प्रथम अधिवेशनमा पेस गरेको प्रतिवेदनमा वैचारिक र साङ्गठनिक आधार पेस गरेका हुन् ।