माघ । गृहमन्त्री रमेश लेखकले संसद्को सर्वोच्चता कायम गरेर मात्रै संविधान संशोधन गरिनुपर्ने बताएका छन् । आज ( शनिबार ) नेपाल पुलिस क्लब परिसरमा नव निर्मित नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको सर्वोच्च थलो संसद् भएकाले संसदीय सर्वोच्चता कायम गरिनुपर्ने बताएका हुन् ।
‘हामी संविधान संशोधनको बाटोमा अगाडि बढ्दैछौं । त्यसमा छलफल र सहमति गर्न खोज्दैछौं । अब संविधान संशोधन गर्दाखेरी सुप्रिमेसी अफ पार्लियामेन्ट ९संसद्को सर्वोच्चता० कायम गरेर अगाडि बढ्नु्पर्छ । किनभने जनताबाट आवधिक निर्वाचित, लोकतान्त्रिक ढंगले निर्वाचित जनताको सर्वोच्च थलो भनेको संसद् हो,’– उनले भने ।
जनताको साँचो प्रतिनिधि, राजनीतिको केन्द्र र जनता शक्ति संसद् रहेको दाबी गर्दै उनले राजनीतिक शक्ति संसद्मा रहनुपर्ने र संसद्ले सरकारलाई शासकीय शक्ति दिने बताए । राजनीतिक शक्ति संसदबाहेक अरुले प्रयोग गर्दा लोकतन्त्र कमजोर हुने उनको दाबी छ ।