काठमाडौं । सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी भएको छ । दोस्रो तल्लामा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान ८ः३५ बजे मन्त्रालयमा आगलागी भएको थियो ।
मन्त्रालय भवनको माथिल्लो तलामा आगलागी भएको हो । सिंहदरबार प्रहरीका अनुसार मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।
आगलागीबाट मन्त्रालयका केही कोठाहरूमा क्षति पुगेको जनाइएको छ । आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन । अहिले प्रहरीले बारुणयन्त्रको सहायताले आगो निभाउन प्रयास गरिरहेको छ । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन ।