चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेलाई चितवन अदालतमा उपस्थित भएका छन्। सहारा चितवन सहकारी ठगी प्रकरणमा बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे उनी अदालतमा उपस्थित भएका हुन्।
बारा जिल्लाबाट आएका न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्सा जिल्लाबाट भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीले क्रमशः बहस हुने क्रम जारी छ। बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना रहेको बताइएको छ। सहकारीपीडितको तर्फबाट आज वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरु सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्नेछन् । यद्यपि अन्य अधिवक्ताले पनि बहसका लागि वकालतनामा दर्ता गराउने संभावना छ ।
प्रतिवादी रवि लामिछानेको तर्फबाट बहसपैरवी तथा प्रतिरक्षा गर्न २ जना वरिष्ठ अधिवक्तासहित १० जनाको वकालतनामा दर्ता गराएका छन् । लामिछानेकोतर्फबाट वरिष्ठ अधिवक्तासुशील कुमार पन्त, धर्मराज आचार्य, अधिवक्ताहरु डा नारायण दत्त कँडेल, चुडामणी सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा र सञ्जय गोले, गोपीलाल देवकोटा, केदारराज पन्त र दिपकराज तिम्सेना सहित १० जनाले बहस गर्ने छन् ।
बुधबार थुनछेक बहस नसकिएको भन्दै न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई हिरासतमा पठाउने आदेश दिएको थियो।